नवगठित नेकपा बहुमतले भन्यो – विप्लवले धोका दिए, हामी समाजवादी क्रान्ति पूरा गर्छौ – Nepal Press

नवगठित नेकपा बहुमतले भन्यो – विप्लवले धोका दिए, हामी समाजवादी क्रान्ति पूरा गर्छौ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भएको नेकपा बहुमतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘विप्लवबाट धोका भएको’ जनाएको छ ।

पार्टी फुटको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले भने– अधिकांश साथीहरुको असहमतिका बाबजुत चुनावमा सहभागी हुने निर्णय भयो । फेरि उस्तै संसदीय राजनीतिको फोहोरी खेलबाट वैज्ञानिक समाजवाद सम्भव छैन । उहाँहरुबाट धोका भएपछि पार्टी विभाजनको विकल्प रहेन ।

विप्लव समूहले वैज्ञानिक समाजवादको बाटो बीचमै छाडेको उनको आरोप छ । उनले राजनीतिक स्थिरता, स्वाधीन संयुक्त सरकार, सामाजिक रुपान्तरण र समृद्धीको कार्यदिशालाई पार्टीले सशक्तरुपमा अघि बढाउने पनि बताए ।

बास्तोलाले हरेक नागरिकमा जन्मसिद्ध जमिनको मालिक हुनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एमसीसीले मुलुकलाई युक्रेन बनाउने भन्दै त्यसको विरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर