गठबन्धनविरुद्ध पोखरामा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरु) – Nepal Press

गठबन्धनविरुद्ध पोखरामा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरु)

पोखरा । गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले पोखरा महानगरपालिकामा आफ्नो बर्चश्व कायमै राख्न सबै शक्ति केन्द्रित गरेको छ । गठबन्धनले आइतबार चुनावी सभा गरेलगत्तै सोमबार एमालेले काउन्टर आमसभा गरेको छ ।

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा पुगेका छन् ।

सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरुले पनि सम्बोधन गर्दैछन् । एमालेले पोखरामा गठबन्धनभन्दा ठूलो मास जम्मा गरेर शक्ति प्रदर्शन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर