एमाले नेता भुसालको प्रश्न- पदीय दुरुपयोग गरेर आचारसंहिता किन उल्लंघन ? – Nepal Press

एमाले नेता भुसालको प्रश्न- पदीय दुरुपयोग गरेर आचारसंहिता किन उल्लंघन ?

रुपन्देही । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले गृहमन्त्री बालकृष्ण खाणका कारण रुपन्देहीको चुनाव भयरहित हुने कुरामा आशंका पैदा भएको बताएका छन् ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित हुनुपर्ने बताउँदै भुसालले केही दिनयता रुपन्देहीमा गृहमन्त्रीको योजना र सहभागितामा भएका आचारसंहिता विपरीतका कार्यक्रमले यस्तो संकेत गरेको बताए ।

सोमबार दिउँसो भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै भुसालले भने- ‘गृहमन्त्री मतदातालाई प्रभावमा पार्न आयोजना गरिएको भोजमा सामेल हुनुभएछ । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यतिबेला विशाल भोजभतेर चलेको खबर छ, यो गलत हो , यसो गरिनुहुँदैन ।’

भुसालले गृहमन्त्रीले जिल्लाभरका सुरक्षा अधिकारीसहित दलबलका साथ पदीय दुरुपयोग गरेर यस्ता कार्यक्रममा जानु ठिक नभएको भुसालले बताए । भुसालले गृहमन्त्री खाण आफ्नो सानैदेखिको साथी भएकोले यस्तो काम नगर्न सुझाव दिएको बताए ।

भुसालले गृहमन्त्री जहाँ जान्छ डर, त्रास र आतंक लिएर जान्छ भन्ने आवाज रुपन्देहीमा अहिले धेरै गुनासो उठ्ने गरेको बताए । आफूले उक्त कुराको संकेत गृहमन्त्रीलाई गरेको भएपनि नरोकिएको भुसालले बताए ।

‘यस्ता विषयमा प्रश्न उठेपछि निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन निर्वाचन आयोग गम्भीर हुनुपर्ने हो, के के भइरहेको छ, हामीले केही नभई कुरा उठाएका छैनौ’ उनले भने ।

भुसालले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित बनाउन र आचारसंहिता उल्लंघनमा सबैलाई खबरदारी गर्न पत्रकारहरुले ध्यान दिनुपर्ने बताए । उनले मतदातालाई कसैले पनि प्रभावित गर्न नहुने बताए । उनले भने, ‘मतादाता कसरी प्रभावमा पार्न खोज्छ यसको खोज पत्रकारहरुले पनि गर्नुपर्ने भयो, म र मेरो पार्टी तपाईहरुलाई सहयोग गर्न तयार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर