भरतपुर महानगरको मेयर उम्मेदवार विजय सुवेदीसँग एक दिन (भिडिओ) – Nepal Press
के छ माहोल ? सिरिज-६

भरतपुर महानगरको मेयर उम्मेदवार विजय सुवेदीसँग एक दिन (भिडिओ)

भरतपुर । वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई चुनौती दिन मैदानमा उत्रिएका हुन्, एमाले नेता विजय सुवेदी ।

बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि केही दिनमात्रै बाँकी रहँदा सुवेदीले आफ्नो प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । आइतबारमात्रै नेकपा एमालेले भरतपुरमा चुनावी सभासमेत सम्पन्न गरेको छ ।

गठबन्धनप्रति कांग्रेसमा बढेको असन्तुष्टीको लाभ लिन वीपी कोइरालाकै सालिकमा माल्यार्पण गरेर प्रचार अभियान सुरु गरेका सुवेदी कांग्रेस कार्यकर्ताहरुको मत हासिल गर्न प्रयासरत छन् । कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीको अधिक लाभ लिन चाहेका सुवेदीले महानगरका सबै वडामा घरदैलो गरिरहेका छन् ।

सत्ता गठबन्धनको प्रतिष्ठासँग जोडिएको भरतपुरको चुनावी प्रतिस्पर्धामा सुवेदीलाई राप्रपाले साथ दिएको छ । नेपाल प्रेसको नियमित श्रृंखला ‘के छ माहोल ?’ मा प्रस्तुत छ, भरतपुर महानगरको प्रमुखका लागि एमाले उम्मेदवार विजय सुवेदीको चुनावी व्यस्तता-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर