कांग्रेस कार्यकर्तामाथि फेरि माओवादीको आक्रमण, एक जीपसहित तीन मोटरसाईकलमा आगजनी र तोडफोड – Nepal Press

कांग्रेस कार्यकर्तामाथि फेरि माओवादीको आक्रमण, एक जीपसहित तीन मोटरसाईकलमा आगजनी र तोडफोड

काठमाडौं । मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुमको आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादीबीच फेरि झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम स्रोतका अनुसार आठबीसकोट नगरपालिका १० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए । कांग्रेसको घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणपछि कांग्रेस कार्यकर्ताहरु प्रयोग गरेको मोटरसाईकल छोडेर भागेका थिए । यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् ।

कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् । भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ । यस्तै रा ४ प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको जिप्रका स्रोतले नेपालप्रेसलाई बतायो ।

यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको सांघातिक आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

नेपाली कांग्रेसका एक नेताले भने, ‘घटनामा प्रहरीले कसैलाई पनि पक्राउ नगर्दा उनीहरुको हौसला बढदै गएको छ ।’
हालसम्म प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिई कारवाही नगरेको कांग्रेस कार्यकर्ताको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी विष्णुप्रसाद सोतीको नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर