मतदानको दिन हवाई यात्रुलाई एयरपोर्टबाट होटल पुर्याउन सटल बस, प्रतिव्यक्ति भाडा ३ सय रुपैयाँ
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको दिन शुक्रबार अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने हवाई यात्रुलाई होटलसम्म पुर्याउन सटल बस सन्चालनमा ल्याइने भएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटन प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँग समन्वय गरेर सटल बस सन्चालनमा ल्याउने भएको हो । तीनवटा रुटमा सटल बस सन्चालन हुनेछ ।
एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-याक एन्ड यती-ठमेल चोक-लैनचोर चोक-शंकर होटल-एम्बासडर होटल-एयरपोर्ट एउटा रुट हुनेछ ।
एयरपोर्ट-होटल र्याडिसन-सांग्रिला होटल-नारायणगोपाल चोक-महाराजगन्ज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्वारिका-एयरपोर्ट अर्को रुट हुने पर्यटन बाेर्डले जनाएकाे छ।
तेस्रो तथा अन्तिम रुटका रुपमा एयरपोर्ट-तीनकुने चोक-होटल एभरेस्ट-माइतीघर चोक-होटल हिमालय-होटल सोल्टी-ग्रान्ड होटल-एयरपोर्ट रहेको छ । बाेर्डका अनुसार यात्रुका लागि तीन सय रुपैयाँ शुल्क तोकिएको छ । हवाई यात्रुले बसमा चढ्न हवाई टिकट र पासपोर्ट देखाउनुपर्ने छ ।