दैनिक सामान्यभन्दा १५ हजार बढीले उपत्यका छाड्दै – Nepal Press

दैनिक सामान्यभन्दा १५ हजार बढीले उपत्यका छाड्दै

काठमाडौं । स्थानीय निर्वाचनका लागि काठमाडौं उपत्यका छाड्नेहरूका कारण बिहान र बेलुकीको समयमा कोटेश्वर, नयाँ बसपार्क, कलङ्कीलगायत क्षेत्रमा यातायात व्यवस्थापन अस्तव्यस्त छ ।

तर यात्रु र सवारी साधनहरूको आवतजावतको तथ्यांक राख्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा भन्दा करिब १५ हजारले मात्र दैनिक काठमाडौं उपत्यकाबाट बाहिरी रहेका छन् । तर भित्रनेको संख्या पनि उत्तिकै रहेको छ ।

ट्राफिक कार्यालयका अनुसार मंगलवार उपत्यकाबाट ५९ हजार ८१ जना बाहिरिएका थिए भने ४७ हजार ८० जना भित्रिएका थिए ।

यस्तै सोमबार ५३ हजार ९ सय ४३ जना बाहिरिएको र ४२ हजार ८ सय ३२ जना भित्रिएको ट्राफिक कार्यालयका डीएसपी बालनरसिंह राणाले जानकारी दिए। आइतबार ५१ हजार ५ सय ३१ जनाले काठमाडौं छाडेको र ४२ हजार ४ सय २१ जना भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

सामान्य अवस्थामा काठमाडौंबाट दैनिक ४० हजार बाहिरिने र त्यही हाराहारीमा भित्रने गरेको डीएसपी राणा बताउँछन् ।

‘हामीले साना र ठुला सबै सवारीको तथ्यांक राखेका छौँ’, राणा दाबी गर्छन् ।

ट्राफिक कार्यालयको यो तथ्यांकले सरकारले गर्ने सवारी तथा यात्रुको तथ्यांक अभिलेख मै आशंका उत्पन्न भएको छ ।

दशैँमा जस्तै अहिले काठमाडौं उपत्यकामा मानिसको चहलपहल ह्वात्तै घटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *