दैलेख : मतगणना स्थलमा मदिरा जाँच गर्ने मेसिन राखिने – Nepal Press

दैलेख : मतगणना स्थलमा मदिरा जाँच गर्ने मेसिन राखिने

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राख्ने भएको छ ।

मतगणना स्थलभित्र छिर्ने प्रहरीदेखि मत गणक, एजेन्ट लगायत सबैलाई मदिरा सेवन गरे÷नगरेको परीक्षण अनिवार्य गरिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

उनकाअनुसार चुनावसम्म प्रहरीको मोबाइल टोलीले जिल्लाका ११ वटै स्थानमा चेकजाँच गर्ने र मतदानपछि मतगणना स्थल छिर्ने सबैमा अनिवार्य रूपमा जाँच गर्ने तयारी भएको हो ।

स्थानीय तहसँगको सहकार्यमा मेसिनहरू पालिकाले नै किनेर हस्तान्तरण गरिएको हो । यसबाट मतगणना स्थलको सुरक्षा तथा होहल्ला नियन्त्रण गर्न सहज हुने प्रशासनको अपेक्षा छ ।

यस्तै, मतगणना स्थलमा सिसि क्यामरा पनि जडान सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *