चुनाव इफेक्टः काठमाडौंको सडकलाई सुख – Nepal Press
फोटोफिचर

चुनाव इफेक्टः काठमाडौंको सडकलाई सुख

काठमाडौं । स्थानीय तहकाे चुनावमा भोट हाल्न मतदाताहरु थातथलो फर्कन थालेसँगै काठमाडौं उपत्यकामा सर्वसाधारणकाे चहलपहल घट्न थालेको छ । जसले गर्दा उपत्यकाका सडकमा सवारीको चाप घटेको हो ।

उपत्यका बाहिर जाने सवारीको चाप भने बढेको छ । उपत्यकाका विद्यालयहरु बन्द छन् । अधिकांश सरकारी तथा निजी क्षेत्रका कार्यालयहरुमा बिदा भइसकेकाे छ । त्यसैले कार्यालय समयमा पनि सवारीको चाप सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अघिपछिभन्दा अहिले सडकमा सवारीसाधन पातलिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार पछिल्लो पाँच दिनमा मात्रै झण्डै ३ लाख यात्रुले उपत्यका छाडेका छन् । महाशाखाका अनुसार कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुरतर्फ बाहिरिने सवारीसाधन र नयाँ बसपार्क गेट र कलंकीबाट बाहिरिने सवारीसाधन यतिबेला क्युमा चलिरहेका छन् ।

कोटेश्वर र नयाँ बसपार्क क्षेत्रमा उपत्यका बाहिरिने यात्रु तथा सवारीसाधनको संख्या बढी भएका कारण उक्त स्थानमा क्यु रहेको हो । यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको छ । विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि घटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर