काठमाडौं आएर अन्सारीले भनेः मेरो चरित्रहत्या भयो (भिडिओ) – Nepal Press

काठमाडौं आएर अन्सारीले भनेः मेरो चरित्रहत्या भयो (भिडिओ)

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफ्नो नियोजित रुपमा चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् । जनकपुरमा पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताले होहल्ला गरेपछि उनलाई प्रहरीले रेस्क्यू गरेर बिमानस्थलमा छोडेको थियो ।

अन्सारीले काठमाडौं आउनासाथ भिडियो सन्देश जारी गर्दै आफूमाथि झूटो आरोप लगाइएको उल्लेख गरेका छन् । जनकपुरको शीताशरण होटलमा केही गुण्डाहरुले आफूमाथि अभद्र व्यवहार गरेको उनको भनाइ छ ।

‘प्रहरी र प्रशासनले सुरक्षा दिएर म सकुशल काठमाडौं आइसकेको छु,’ अन्सारीले भने, ‘सामाजिक सञ्जालमा मलाई पक्राउ गरेको भनेर गलत आरोप लगाइएको छ ।’

उनले यस विषयमा थप प्रष्ट पार्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *