कर्णालीमा मतदानको तयारी पूरा, १० लाख बढीले मताधिकार प्रयोग गर्दै – Nepal Press

कर्णालीमा मतदानको तयारी पूरा, १० लाख बढीले मताधिकार प्रयोग गर्दै

दैलेख । कर्णाली प्रदेशका १० जिल्लामा स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशका ७९ ओटा पालिकाका प्रमुख, उपप्रमुख एव अन्य सबै जनप्रतिनिधि चयनका लागि प्रदेश भरका १० लाख एक हजार दुई सय मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न लागेका हुन ।

कर्णालीमा १३ हजार ६५ जना उम्मेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा चालीसेले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार प्रमुख पदका लागि ४ सय १९, उपप्रमुखका लागि ३८५, वडाध्यक्षमा २ हजार ९२४, महिला सदस्यमा २ हजार ३८०, दलित महिला सदस्य २ हजार २७, खुल्ला सदस्यमा ४ हजार ९३० जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।

कर्णाली प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये २ सय ९८ मतदान स्थल अति संवेदनशील, ४ सय ११ संवेदनशील र १९८ सामान्य रहेका छन् ।

उनका अनुसार कर्णाली प्रदेशभर पाँच हजार बढी प्रहरी, ७७ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर