विवेकको मत सही ठाउँमा प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको थपलियाको आग्रह – Nepal Press

विवेकको मत सही ठाउँमा प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको थपलियाको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कोही कसैको लोभ लालच, प्रलोभन, आश्वासनमा नपरेर विवेकको मत सही ठाउँमा प्रयोग गर्न आग्रह गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मतदान हुने अघिल्लो दिन बिहीबार साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई तथा निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावलीको अन्तिम सूचीमा नाम समावेश भएका मतदातालाई आयोगबाट जारी भएको मतदाता परिचयपत्र बोकेर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले वा नेपाली नागरिकताको परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्र, सवारी साधनको अनुमति पत्रबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।

उनले सबै राजनीतिक दल तथा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायत सबैलाई विश्वसनीय उद्देश्य पुरा गर्न कुनै प्रश्न नउठ्ने वातावरण बनाउन पनि सबैलाई निर्वाचनको पूर्व सन्ध्यामा आग्रह गरेका छन् ।

दोस्रो कार्यकालका लागि पहिलो पटक मतदानको दिन भन्दा अघिल्लो दिन १८ वर्ष पुगेकाले मतदान गर्न पाएको गौरवको दिनलाई राष्ट्रिय उत्सवका दिनका रूपमा ग्रहण गरेर मतदान गर्न पनि विशेष अपिल गरेका छन् ।

भोलि बिहान सात बजेबाट सुरु हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको जानकारी गराउँदै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि उनले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी प्रबन्ध मिलाइएको पनि बताएका छन् ।

उनले भने, ‘मतपेटिकाको ढुवानीको आवश्यक व्यवस्था मिलाइसकिएको छ । मतपेटिका ढुवानीको काम सकिने बित्तिकै मतगणनाको लगत्तै सुरु गर्ने गरी व्यवस्थापन गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *