शेखर कोइरालाले विराटनगरमा गरे मतदान, भन्छन्– स्थानीय तह निर्वाचन गैरराजनीतिक बनाउनुपर्छ
नेपाल प्रेस
२०७९ वैशाख ३० गते ९:२८
मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला विराटनगर महानगरपालिकामा मतदान गरेका छन् । उनले विराटनगर स्थित आदर्श विद्यालयमा मतदान केन्द्र्रमा मतदान गरेका हुन् ।
मतदानपछि उनले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक निर्वाचन बनाउनुपर्ने प्रतिक्रिया दिए ।
केन्द्र र प्रदेशको निर्वाचन राजनीतिक गरे पनि स्थानीय तह निर्वाचन स्थानीय मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया