उपत्यकामा ९ बजेसम्म ५ सयभन्दा बढी सवारीसाधन ‘होल्ड’, ट्राफिक प्रहरीको बाक्लो चेकिङ – Nepal Press

उपत्यकामा ९ बजेसम्म ५ सयभन्दा बढी सवारीसाधन ‘होल्ड’, ट्राफिक प्रहरीको बाक्लो चेकिङ

काठमाडौं । अनुमतिबेगर चलाइएका सवारीसाधनलाई होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिकका प्रवक्ता बालनरसिंह राणाले बिहान ९ बजेसम्म ५३३ सवारीसाधनलाई होल्ड गरिएको बताएका छन् । त्यसमा ४९४ मोटरसाइकल र ३९ वटा अन्य सवारीसाधन रहेका छन् ।

‘बेलुका ५ बजेपछि ती सवारीसाधनहरु छाडिने छ’, डीएसपी राणाले भने । स्थानीय तहको निर्वाचनको दिन शुक्रबार अनुमतिबाहेकका सवारीसाधन सन्चालनमा रोक लगाइएको थियो ।

तर, अस्पतालका स्वास्थ्यकर्मी बोक्ने, फोहोरमैला बोक्ने, तरकारी, फलफूल र दूध बोक्ने सवारीसाधन भने अनुमति नलिई पनि सन्चालन हुन पाउने व्यवस्था गरिएको छ । कूटनीतिक नियोगका सवारीसाधनलाई पनि अनुमति चाहिँदैन ।

आफै भोट हाल्न जान नसक्ने, वैदेशिक रोजगारीमा जान एयरपोर्टसम्म पुर्‍याउन प्रयोग गरिएका सवारीसाधन पनि बिनाअनुमति सन्चालन गर्न पाइने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले अनुमतिबेगरका सवारीसाधनको आवतजावतमा कडा गर्न सडकमा उपस्थिति बाक्लो बनाएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर