‘मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान’ – Nepal Press

‘मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान’

काठमाडौं । निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म मुलुकभरमा ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको हो ।

मुलुकभरका सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनकाअनुसार छिटपुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सुचारु गर्ने प्रयास भइरहेको छ ।

उक्त स्थानमा छिट्टै मतदान सुचारु हुने अपेक्षा आयोगले लिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर