ओलीले मतदान गरेको विद्यालयमा ‘बुच्चे नक्सा’ – Nepal Press

ओलीले मतदान गरेको विद्यालयमा ‘बुच्चे नक्सा’

काठमाडौं । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक गर्यो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा संसदबाट समेत अनुमोदन भएको थियो ।

तर उनै ओली आज जुन विद्यालयमा स्थानीय चुनावका लागि मतदान गर्न पुगेँ, त्यहाँ नेपालको पुरानै नक्सा टाँगिएको देखियो ।

ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेको विद्यालय महेन्द्र शान्ति माध्यमिक विद्यालय सूर्यविनायक २ बालकोटमा लिम्पियाधुरा, लिपुलेक र कालापानीबिनाकाे  बुच्चे नक्सा राखिएकाे हाे । उक्त नक्शामा ओलीकाे भने आँखा परेन ।

विद्यालयको भित्तामा राखिएकाे उक्त नक्सामा सातवटा प्रदेशहरु छुट्याइएको छ, तर चुच्चाे भने गायब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *