सुदूरपश्चिमका बझाङ र बाजुरामा १० राउन्ड हवाई फायर, ४ ठाउँमा मतदान रोकियो – Nepal Press

सुदूरपश्चिमका बझाङ र बाजुरामा १० राउन्ड हवाई फायर, ४ ठाउँमा मतदान रोकियो

काठमाडौं । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।

बाजुराको बुढीनन्दा गाउँपालिकाका दुईवटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिए ।

ती दुवै मतदान स्थलमा मतदान रोकिएको छ । यसैगरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको छ । त्यस ठाउँमा पनि मतदान रोकिएको छ ।

बझाङको जय पृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको एसएसपी रावलले जानकारी दिए ।

सबै स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर