पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकियो
नेपाल प्रेस
२०७९ वैशाख ३० गते १४:५१
काठमाडौं । पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको छ ।
अन्य तीन ठाउँमा भने विवादका कारण मतदान रोकिएको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।
धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया