१५ हजार जरिवाना किन नगर्ने भन्दै बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण – Nepal Press

१५ हजार जरिवाना किन नगर्ने भन्दै बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो ।

शुक्रवार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मत संकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर