कर्णालीका ५ मतदान केन्द्रमा मतदान रोकियो
नेपाल प्रेस
२०७९ वैशाख ३० गते १६:३२
काठमाडौं। कर्णाली प्रदेशका चार जिल्लाका ५ मतदान केन्द्रमा मतदान रोकिएको छ ।
कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया