मधेसमा हावाहुरी र वर्षाले धेरै ठाउँमा मतदान स्थगित – Nepal Press

मधेसमा हावाहुरी र वर्षाले धेरै ठाउँमा मतदान स्थगित

जनकपुरधाम । हावाहुरी र वर्षाले मधेसका विभिन्न जिल्लामा मतदान स्थगित भएको छ ।

धनुषामा भने केहिबेर मतदान स्थगित भएर पुनः सुरु भएको हो । निर्वाचन आयोग मधेस प्रदेश प्रमुख श्रीधर पन्थीले धनुषाका सबै मतदान केन्द्रमा पुनः मतदान सुरु भइसकेको बताए ।

उनले भने, ‘हावाहुरीसँगै वर्षा भएपछि कहिबेर मतदान स्थगित भएको थियो । धनुषामा अहिले घाम लागेपछि सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । अन्य जिल्लाको अपडेट छैन ।’

सिरहामा भने अहिले वर्षा भइरहेको छ । दिउँसो करिब सवा ४ बजेपछि हावाहुरी चलेको थियो । वर्षा भइरहेकाले मतदान स्थगित गरिएको छ । वर्षा रोकिएपछि मतदान सुरु गरिने बताइएको छ ।

हावाहुरी र वर्षाका कारण जति समय मतदान रोकियो त्यति समय थप गरी मतदान सम्पन्न गरिने निर्वाचन आयोग मधेस प्रदेश प्रमुख पन्थीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर