सर्लाहीको कविलासी नगरपालिकामा अरूको परिचयपत्र बोकेर मतदान गर्न आउने २ जना पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख ३० गते १९:०८
काठमाडौं । सर्लाहीको कविलासी नगरपालिका-६ स्थित मतदान केन्द्रमा अन्य व्यक्तिको परिचय पत्र बोकेर मतदान गर्न आएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जमुनियामास्थित इलाका स्वास्थ्य चौकी मतदान केन्द्रमा उनीहरू अरूको परिचयपत्र बोकेर मत खसाल्न आएको आरोप लागेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-९ स्थित मतदान केन्द्रमा अर्कै व्यक्तिको नाममा मत हाल्न आएको आरोपमा एक जना पक्राउ परेका छन् ।
सर्लाहीको बागमती नगरपालिकामा पटक पटक मत हाल्न आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया