जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ ।
मतगनणाका लागि मतपेटिका ल्याएको उक्त विद्यालयमा अत्यधिक भीड लागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेका हुन् ।
भीडभाडका कारण मतपेटिका बुझ्न र व्यबस्थापन गर्न समस्या भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।