टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता, एमाले दोस्रो – Nepal Press

टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता, एमाले दोस्रो

कैलाली । कैलालीको टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता मिलेको छ । चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

एक सय मत गणना गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले प्रमुखमा ३४ र उपप्रमुखमा ३३ मत पाएका छन् । एमालेका उम्मेदवारले प्रमुखमा १८ र उपप्रमुखमा ९ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारले १६ र उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रले १३ मत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर