हेटौँडा अपडेट : १७ सय मतगणना हुँदा गठबन्धन उम्मेदवार लामाको अग्रता
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १७:०१
हेटौँडा । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकामा हालसम्म १७ सय मतगणना गरिएको छ ।
पछिल्लो परिणामअनुसार गठबन्धन उम्मेदवार मिना लामाले अग्रता कायम छ । लामाले ५४० पाउँदा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ४९८ मत पाएका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ४६० मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनका राजेश बानियाँले ७५६, नेकपा एमालेकी सुमित्रा काफ्लेले ६०० र राप्रपाकी इन्दिरा डल्लाकोटीले हलो १२४ मत ल्याएकी छिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर