डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो – Nepal Press

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौं । डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर