बुटवलमा गठबन्धन उम्मेदवार दोब्बर मतले आगडि – Nepal Press

बुटवलमा गठबन्धन उम्मेदवार दोब्बर मतले आगडि

Localरुपन्देही । बुटवल उपमहानगरपालिकाको दुई वटा वडाको मत गन्दा एमालेका उम्मेदार बाबुराम भट्टराई भन्दा गठबन्धनका उम्मेदार खेलराज पाण्डे दोब्बर मतले अगाडि रहेका छन् ।

नगर प्रमुखको प्रारम्भिक मत गणनामा आग्रता लिएको नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।

पहिले उपप्रमुखमा कमजोर देखिएकी एमालेकी साबित्रा अर्यालले भने मतान्तर बढाउँदै अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेले १ हजार ७८ मत पाएका छन् भने नेकपा एमालेका बावुराम भट्टराईले ५सय ४२ मत पाएका छन् ।

बुटवलको वडा नं १ मा दोश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्रकुमार शेरचनले ४१९ मत पाएर तेश्रो स्थानमा ओर्लेका छन्।

यसैगरी उपप्रमुखमा अग्रता लिइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेलाई उछिन्दै एमालेकी साबित्रा अर्यालले ६ सय ३२ मत पाएकी छन्।

वडा नं १ को मतपरिणाममा तेश्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङले वडा नं १९ को मत गणनामा पाण्डेलाई उछिनेका छन्।

गुरुङले ५७५ मत ल्याउदा पाण्डेले ४६७ मत प्राप्त गरेकी छन्। अहिले वडा नं २ को मतगणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर