बालेनलाई पछ्याउँदै केशव स्थापित, १६८ भोटको अन्तराल – Nepal Press

बालेनलाई पछ्याउँदै केशव स्थापित, १६८ भोटको अन्तराल

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढ्दै जाँदा त्रिकोणात्मक प्रतिस्पर्धाको अवस्था देखिएको छ ।

सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई पछिल्लोपटक एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार २०८१ मत गणना भइसक्दा बालेन र स्थापितबीच १६८ भोटको अन्तराल छ । साहले ६३२ भोट र स्थापितले ४६४ भोट ल्याएका छन् ।

सत्ता गठवन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह केही पछि परेकी छन् । उनको पक्षमा ३३१ मत खसेको छ ।

हाल काठमाडौंका १,२,३,४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । ३२ नम्बर वडाबाट बालेनले भारी मत पाएका छन् भने अरु वडाहरुमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

उपमेयरमा एमाललेकी सुनिता डंगोलले फराकिलो अन्तराल कायम गरेकी छन् ।

उनले हालसम्म ६९१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले २११ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर