८५ मतदान केन्द्रको मतदान स्थगित, १९ मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकियो (सूचीसहित) – Nepal Press

८५ मतदान केन्द्रको मतदान स्थगित, १९ मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकियो (सूचीसहित)

काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा विवाद सृजना भएपछि ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ६ प्रदेशका, १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा शुक्रबार मतदानकाे दिन विवाद सृजना भएपछि स्थगित भएको हो ।

जसमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका चार जिल्लाका आठ स्थानीय तह भित्रका मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ भने दोस्रोमा धेरै मधेश प्रदेशका तीन जिल्लाका ११ स्थानीय तह भित्रका मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।

यस्तै कर्णाली प्रदेशका चार जिल्लाका चार स्थानीय तहका मतदान केन्द्र, प्रदेश एक र र बागमती प्रदेशका दुई जिल्लाका दुई स्थानीय तह भित्रका मतदान केन्द तथा गण्डकी प्रदेशको एक जिल्लाको एक स्थानीय तहका मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।

यि हुन मतदान स्थगित भएका ८५ वटा मतदान केन्दहरु

आयोगका अनुसार शुक्रबार नै स्थगित भएका पाँच वटा प्रदेशका ६ जिल्लाका १९ मतदान केन्द्रको पुनः निर्वाचनका लागि मिति तय भएको छ । ति मतदान केन्द्रमा विवाद सृजना भएपछि सम्बन्धित निर्वाचन अधिकृतले पुनः निर्वाचनका लागि मिति तोकेर सूचना प्रकाशित गरेका आयोगले जनाएको हो ।

जसमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका तीन स्थानीय तहका चार वटा मतदान केन्द रहेका छन् भने दोस्रोमा कर्णाली प्रदेशको कालिकोट जिल्लाका दुई स्थानीय तह र बागमी प्रदेशका दुई जिल्लाका दुई स्थानीय तह रहेका छन् ।

त्यस्तै प्रदेश एकको धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माध्यामिक विद्यालय मतदानस्थलका मतदान केन्द्र र मधेश प्रदेशको सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको जनता माध्यामिक विद्यालयको मतदान स्थलका मतदान केन्द्र रहेका छन् । यि १० वटै मतदान केन्द्रमा जेठ १ गते आइतबार अर्थात भोलिदेखि जेठ तीन गते मंगलबारसम्म निर्वाचन तोकिएको छ ।

यि हुन पुनः निर्वाचनको मिति तय भएका १९ मतदान केन्द्रहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर