लिखु तामाकोसी–१ दुरा गाउँमा एमालेको प्यानल विजयी – Nepal Press

लिखु तामाकोसी–१ दुरा गाउँमा एमालेको प्यानल विजयी

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ दुरा गाउँमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका प्रदीप तामाङ ८५० मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको रुद्र सुनुवारले ७३३ मत प्राप्त गरेका छन् ।

सोही वडाको सदस्यमा एमालेका ध्रुव कार्की,खेटकुमारी थापा,शर्मिला खुट्टे र विमल सुनुवार निर्वाचित भएका छन् ।

पालिका अध्यक्षमा दुरा गाउँबाट एमालेका कमल कडरियाले ७९७ मत पाउँदा कांग्रेसका केशव महतले ७५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी दिपा पाख्रिनले ८५० मत प्राप्त गर्दा कांग्रेसकी सरस्वती गुरुङ ७१४ मतमा रोकिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर