गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कांग्रेसका अध्यक्ष उपाध्यक्ष निर्वाचित – Nepal Press

गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कांग्रेसका अध्यक्ष उपाध्यक्ष निर्वाचित

रुपन्देही । गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका छन् ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले गुल्मीले जनाएको छ ।

अध्यक्षमा नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए भने उपाध्यक्षमा शुसिला पुनले ५ हजार ५८९ मत ल्याएकाी थिइन् गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले बिजयी भएको छ । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्षमा निर्वाचित भएको थियो ।

शनिबार साँझ जिल्लाको रेसुङ्गा नगरपालिकामा पनि नेपाली कांग्रेसले मेयर उपमेयरसहित १० वटा वडामा जितेको थियो भने नेकपा एमालेले ४ वटा वडा जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर