दैलेखको नौमुले अध्यक्षमा माओवादीका छवि विजयी – Nepal Press

दैलेखको नौमुले अध्यक्षमा माओवादीका छवि विजयी

कांग्रेसले जित्यो पाँच वडा अध्यक्ष

सुर्खेत । २०७४ सालको निर्वाचनमा दैलेखका ९० वडामध्ये वडासदस्यसमेत जित्न नसकेको नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ । यहाँ माओवादी र नेकपा एसबीच गठबन्धन भएको थियो ।

गठबन्धनका उम्मेदवार छवि सुवेदी नेपाली कांग्रेस र नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय नौमुलेका अनुसार छविराम सुवेदीले ३२ सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष भदे बुढामगरले २५४४ मत ल्याएका छन् भने नेकपा एमालेका शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी बनेका छन् । उनले २८३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याइन् । यस्तै नेकपा एमालेबाट उपाध्यक्षमा उम्मेदवार रहेकी गीता चन्दले १९१८ मत ल्याएकी छिन् ।

नौमुले गाउँपालिकामा नेपाली कांग्रेसका पाँच वडामा वडाअध्यक्ष जितेको छ । यहाँ कंँग्रेसबाट वडा नं. १ मा रुपेश थापा, वडा नं. २ मा दुर्ग प्रसाद न्यौपाने, वडा नं. ४ मा चन्द्रलाल बस्नेत, वडा नं. ६ मा लालबहादुर चन्द र वडा नं. ७ मा टेकबहादुर सिजाली विजयी भएका छन् ।
यस्तै, वडा नं. ३ मा नेकपा एमालेका नरबहादुर पुरी विजय बनेका छन् भने वडा नं. पाँचमा एकीकृत समाजवादीका कृष्ण सलामी मगर र वडा नं. ८ मा समाजवादीका दिपक हमाल वडा अध्यक्षमा विजयी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर