बझाङको थलारा गाउँपालिकामा एमाले विजयी – Nepal Press

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जितेको छ । एमालेका प्रकाश रोकाया २ हजार ७७४ मत पाएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिद्धन्द्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर