एमालेलाई सहयोग गरेको आरोपमा कांग्रेस ६ नेतालाई कारबाही गर्न सिफारिस – Nepal Press

एमालेलाई सहयोग गरेको आरोपमा कांग्रेस ६ नेतालाई कारबाही गर्न सिफारिस

घोराही । निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसले जन आन्दोलनका घाइतेसहित ६ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

इकाई कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने ६ जनालाई कारबाहीका लागि सिफारिस गरेको सो पार्टीका सहसचिव सन्तोष अधिकारीले जानकारी दिए ।

इकाई कमिटीका सभापति विष्णुमणि दाहालको अध्यक्षतामा बसेको बैठकले जन आन्दोलनका घाइते कृष्ण गिरी, नेताहरू मनोज केसी, मोहन केसी, होमलाल केसी, थम्मन खत्री केसी, दुर्गा डाँगीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर