बुटवलमा एमालेले खाता खोल्यो – Nepal Press

बुटवलमा एमालेले खाता खोल्यो

रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरपालिका वार्ड नं. १९को वडाध्यक्षमा जितेर खाता खोलेको छ ।

यसअघिको निर्वाचनमा जितेका वडा नं. १ र २ मा पराजित भएको एमालेले कांग्रेसको बलियो क्षेत्र मानिएको वडा नं. १९ मा जित निकालेको हो ।

आइतबार राति सकिएको मतगणनामा एमालेका चन्द्रसिंह थापाले ४० मत बढी ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेदवार मीनप्रसाद श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् ।

गणना सकिएका वार्ड नं.१ र २ मा पराजित भएको र प्रमुखमा पनि धेरै मतान्तरले पछि परेको एमालेलाई १९ को जीतले ठूलो राहत दिलाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा पर्ने यो वडा नेपाली कांग्रेसले बलियो क्षेत्र मान्दै आएको थियो ।

यसअघिको निर्वाचनमा बुटवलमा यो सहित ३ वटा वडाध्यक्ष कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर