तेह्रथुमको छथर गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमा एमाले – Nepal Press

तेह्रथुमको छथर गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमा एमाले

काठमाडौं । तेह्रथुमको छथरमा गठबन्धनका उम्मेदरलाई पराजित गर्दै एमालेका उम्मेदवार सन्तविर लिम्बु विजयी भएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै उपाध्यक्ष तारा खरेल विजयी भएकी छन् ।

लिम्बु ३ हजार ९ सय ९५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर इम्सङले ३ हजार ३ सय ६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा विजयी खरेलले ३ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । खरेलका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार टेकराज लिम्बुले ३ हजार ६ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पराजित लिम्बु अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर