डडेलधुराको आलितालमा माओवादी विजयी
नेपाल प्रेस
२०७९ जेठ २ गते २:४२
डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की २, ३८९ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बलबहादुर गुरुङलाई १६५ मतान्तरले पराजित गरेका हुन् । पराजित बलबहादुर गुरुङले २,२२४ मत ल्याएका छन् ।
प्रतिक्रिया