तिनाउ गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी – Nepal Press

तिनाउ गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकामा गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले जित हासिल गरेको छ ।

एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।

४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीका रूपमा रहँदै पराजित भएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका लालबहादुर थापा विजयी भएका छन् ।

उनले ५ हजार ८२ मत पाउँदा एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मतमा रोकिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर