दैलेखकाे महावु गाउँपालिकामा कांग्रेस विजयी – Nepal Press

दैलेखकाे महावु गाउँपालिकामा कांग्रेस विजयी

सुर्खेत । दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार लछुमन गुरुङ विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै मञ्जुकुमारी शर्मा विजयी भएकी छन् ।

निर्वाचन आयोगले अहिलेसम्म मतगणनाको अन्तिम परिणाम भने सार्वजनिक गरेको छैन । निर्वाचन मतदान अधिकृत कार्यालयका अनुसार अहिले हरेक वडामा अध्यक्ष तथा उपाध्यक्षले पाएको मत जोडने कार्य भइरहेको छ ।

२०७४ सालको निर्वाचनमा यहाँ एमालेले विजय हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर