बुंगल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एस विजयी – Nepal Press

बुंगल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एस विजयी

बझाङ । बझाङको बुंगल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जयबहादुर धामी निर्वाचित भएका छन् । उनले ४ हजार ३४४ मतले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरे । धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा एमालेकी धनदेवी कुँवरले ३ हजार २७१ मत ल्याइन् ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भए । उनले ६ हजार ६४६ मत ल्याउँदा एमालेका अम्मराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।

सो नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । ११ वडामध्ये ८ मा गठबन्धनले जितेको छ भने ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर