जीतपुर सिमरामा गठबन्धनको अग्रता, १० वडाको गणना सकिँदा वडाध्यक्ष कसका कति ? – Nepal Press

जीतपुर सिमरामा गठबन्धनको अग्रता, १० वडाको गणना सकिँदा वडाध्यक्ष कसका कति ?

बारा । देशका महानगर र उपमहानगरपालिकाको मतगणना चर्चाको केन्द्रमा रहेका बेला जीतपुर सिमरा भने चर्चामा छैन । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको अहिलेसम्मको गणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

हालसम्म मतगणना सम्पन्न भइसकेको १० वटा वडाको मत परिणामअनुसार गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेलले ७ हजार४०० मतका साथ अग्रता लिएका छन् । उपमेयरमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसकी मेघा शाहीले ५ हजार ९२८ मत मतबाट अग्रता लिएकी छन् ।

गठबन्धनलाई पछ्याउँदै गरेको एमालेकी मेयर उम्मेदवार सरस्वतीदेवी चौधरीले ५ हजार ५४० मत प्राप्त गर्दा उपमेयरका उम्मेदवार भोलाप्रसाद अधिकारीले पाँच हजार ८२ मत प्राप्त गरेका छन् ।

गठबन्धनले मेयरमा एक हजार ८६० र उपमेयरमा ८४६ मतले अग्रता लिएको छ ।

जीतपुर सिमरामा हालसम्म १० वटा वडाको मतगणना सम्पन्न हुँदा एमालेले ६, कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले एउटा वडामा जितेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिले वडा नं ५, ७ र १९ को मतगणना भइरहेको छ ।

एमालेको पकड क्षेत्रमा मतगणना बाँकी रहेकाले अहिलेको अग्रता जोगाउन जोगाउन गठबन्धनले सक्छ कि सक्दैन भन्ने रोचक प्रतीक्षा यहाँ छ ।

हालसम्म निर्वाचित वडाध्यक्षहरुः
वडा नं १ः हीराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं ४ः भोजबहादुर खत्री (ईश्वर) (नेकपा माओवादी केन्द्र)
वडा नं ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं २२ शेखरकाजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं २३ः मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर