भरतपुर अपडेट : रेनुसँग विजयले लिए ६१ मतको अग्रता – Nepal Press

भरतपुर अपडेट : रेनुसँग विजयले लिए ६१ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् ।

विजयले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ३ सय ३९ मत ल्याएकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १ सय ३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

मतगणना भइरहेको ४ नम्बर वडामा अघिल्लो निर्वाचनमा एमालेले ७ मतले वडा अध्यक्ष जितेको थियो । जारी मतगणनामा वडा अध्यक्षतर्फ भने कांग्रेसले अग्रता लिएको छ । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले ६ सय ३४ मत ल्याउँदा एमाले उम्मेदवारले ४ सय २८ मत ल्याएका छन् ।


प्रतिक्रिया

One thought on “भरतपुर अपडेट : रेनुसँग विजयले लिए ६१ मतको अग्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *