दमकको मेयरमा राप्रपाका थापा तीन सय मतले अगाडि – Nepal Press

दमकको मेयरमा राप्रपाका थापा तीन सय मतले अगाडि

काठमाडौं । झापाको दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र एमालेकी गीताकुमारी अधिकारी पौडेलबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

१ र १० नम्बर वडाको मतगणना भइरहेका बेला थापा ३ हजार २ सय ६७ मतसहित अगाडि देखिएका छन्। एमाले उम्मेदवार अधिकारीले २ हजार ८ सय ३८ मत ल्याएकी छिन्।

वडा नम्बर १ को अध्यक्षमा एमालेका हरिप्रसाद न्यौपानेले एक हजार ६ सय ८६ र राप्रपाका ताराप्रसाद अधिकारीले एक हजार ६ सय २४ मत ल्याएका छन्।

वडा नम्बर १० को अध्यक्षका लागि नेपाली कांग्रेसका राजेन्द्रप्रसाद अधिकारीले एक हजार ५ सय ६३ र एमालेका बोधराज न्यौपानेले एक हजार ३ सय ८३ मत ल्याएका छन्।

अघिल्लो निर्वाचनमा दमक नगरपालिकाको मेयर एमालेले जितेको थियो भने वडा नम्बर १ को अध्यक्ष राप्रपाले हात पारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर