मैवाखोलामा गठबन्धनको जित, अध्यक्षमा माओवादीका वनेम विजयी – Nepal Press

मैवाखोलामा गठबन्धनको जित, अध्यक्षमा माओवादीका वनेम विजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी भएका हुन् ।

अघिल्लो निर्वाचनमा एमालेले जितेको सो पालिकामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार वनेमले २ हजार ६ सय ९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजनकुमार थत्लुङले २ हजार ५२ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी कमलकुमारी लिम्बु विजयी भइन् । उनले २ हजार ५ सय ४१ मत ल्याउँदा एमालेकी कौशिला थक्लुङले २ हजार १ सय १ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर