गठबन्धनलाई जित्दै एमालेले जोगायो तनहुँको घिरिङ गाउँपालिका – Nepal Press

गठबन्धनलाई जित्दै एमालेले जोगायो तनहुँको घिरिङ गाउँपालिका

तनहुँ । सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपका एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।

अध्यक्षमा एमालेका होमबहादुर थापा र उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी विजयी भएका हुन् ।

अध्यक्षमा थापाले ४ हजार ३३१ मत ल्याउँदा कांग्रेसका गंगाराम कुमालले ३ हजार ५५४ मत ल्याए । उपाध्यक्षमा विजयी अधिकारीले ४ हजार ४८१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले २ हजार ७४७ मत ल्याए ।

अघिल्लो निर्वाचनमा पनि घिरिङमा एमालेले नै जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर