कीर्तिपुरमा कांग्रेसको कीर्तिमानी जित, मेयरमा राजकुमार विजयी – Nepal Press

कीर्तिपुरमा कांग्रेसको कीर्तिमानी जित, मेयरमा राजकुमार विजयी

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंभित्र दोस्रो स्थानीय तहमा जित हासिल गरेको छ । यसअघि दक्षिणकाली नगरपालिकाको प्रमुख जितेको कांग्रेसले

कीर्तिपुर नगरपालिकामा पनि जित हासिल गरेको छ । कीर्तिपुर नगरमा कांग्रेसले पहिलोपटक जित हासिल गरेको हो ।

कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरे । नकर्मीले ९ हजार ४३ मत ल्याउँदा बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छिन् । उनले ८ हजार ८ सय ६५ मत ल्याउँदा एमालेकी विन्दु महर्जनले ७ हजार २ सय ६ मत प्राप्त गरिन् ।

कीर्तिपुरका १० मध्ये ९ वटा वडामा कांग्रेसले जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा कीर्तिपुरमा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर