भरतपुरको मतगणना रोकियो
नेपाल प्रेस
२०७९ जेठ २ गते २२:२६
चितवन । भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको छ । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको तर स्वस्तिक छाप नदेखिएपछि विवाद बढेको थियो ।
निर्वाचन अधिकृतले त्यस्ता दुई मत बदर गरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनले दबाब दिएको भन्दै एमालेका प्रतिनिधिले आपत्ति जनाएका छन् । दुईमध्ये एउटा माओवादी र अर्को एमालेमा मत संकेत गरिएको थियो ।
यहाँ अहिले ४ नम्बर वार्डको मतगणना भइरहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर