कृष्ण थापा हराउन चलखेलको अडिओप्रति कास्की एमालेको आपत्ति – Nepal Press

कृष्ण थापा हराउन चलखेलको अडिओप्रति कास्की एमालेको आपत्ति

काठमाडौं । नेकपा एमाले कास्कीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ल्याइएका भिडिओ र अडिओ क्लिपहरूप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति निकालेर बाहिर ल्याइएका ती सामग्री निर्माणमा संलग्न व्यक्तिहरूमाथि पार्टीले गहिरो गरी निगरानी गरिरहेको उल्लेख गरेका छन् ।

‘पार्टी जीवनमा यस्ता गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन् । यी सवै घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन पार्टीले छानबिन समिति नै बनाएर यथाशीघ्र निचोड निकाल्ने छ । त्यस क्रममा पार्टीले आन्तरिक जिवनमा कारबाहीको प्रक्रिया अगाडि वढाउने र कतिपय विषयहरुलाई राज्यका निकायहरू मार्फत उपचार खोजिने प्रतिबद्धता व्यक्त गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी र नेतृत्व माथि हिलो छ्याप्ने यस्ता कार्यमा संग्लग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाउन चाहन्छौं ।’

अनावश्य विषय उछालेर पार्टी र नेतृत्वप्रति अविश्वास पैदा गर्ने र विपक्षीलाई यस्ता विषय माथि खेल्ने मौका दिइएको एमाले कास्कीको भनाइ छ ।

यहाँ प्रदेश सांसद राजीव पहारीका पिएले पोखरा मेयरका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन पैसाको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर