बैतडीको डिलासैनीमा स्वतन्त्रबाट सन्तोषप्रकाश जोशी विजयी – Nepal Press

बैतडीको डिलासैनीमा स्वतन्त्रबाट सन्तोषप्रकाश जोशी विजयी

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा गठबन्धन र एमाले उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

जोशीले ३ हजार १ सय ८९ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत ल्याए । उनी गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

एमालेबाट टिकट नपाएपछि जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पालिका उपाध्यक्षमा गठबन्धनका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८ सय ७३ मत पाए । एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाइन् ।

यस्तै पालिकामा तीन वडामा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा हरिश पन्त, वडा नम्बर ५ मा यज्ञराज भट्ट र वडा नम्बर ७ मा प्रकाशमणि भट्ट विजयी भएका हुन् ।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । वडा नम्बर २ मा एमालेका उम्मेदवार नवराज घरडी निर्वाचित भए । यस्तै वडा नम्बर ३ एमालेका रघुवीर बोहराले जिते । वडा नम्बर ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर