संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित – Nepal Press

संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् ।

लामाले १ हजार ८०३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् । उनले १ हजार ७९१ मत ल्याउँदा नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत ल्यार दोस्रो भए । यसअघि भोटखोलाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर